आईजीपी सर्वेन्द्र खनालकाे एक वर्ष, यस्ताे छ प्रगति विवरण

आईजीपी सर्वेन्द्र खनालकाे एक वर्ष, यस्ताे छ प्रगति विवरण

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमाडौं, १० वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आफू अझै संगठन सुधार्न लागिपरेको बताएका छन्। प्रहरी मुख्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गरी उनले एक वर्षको अवधिमा विभिन्न दर्जाका सात हजार पाँच सय ६८ जना प्रहरीको बढुवा गरेकेा जानकारी दिए ।

प्रहरी जवानबाट हवल्दार पदमा ३५ पटकसम्म बढुवागरी पाँच हजार दुई सय २६ जना जवानको बढुवा भएका छन् । जवानसँगै एक हजार ८३ जना हवल्दार, सात सय ३५ जना असई, दुई सय २९ जना सई, एक सय ५९ जना प्रहरी निरिक्षक, ६१ जना डिएसपी, ४२ जना एसपी, २९ जना एसएसपी र चार जना डीआईजीको एक तह र एक वर्षमा २९ हजार नौ सय ५० जना विभिन्न दर्जाका प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना गरेको बताए ।

एक वर्षमा प्रहरी संगठनले एक अर्ब ९३ करोड ९६ लाख ६० हजार एक सय ६५ रुपैंया राजश्व संकलन गरेकोमा ट्राफिक कारबाहीबाट सबै भन्दाबढी राजश्व संकलन भएको छ। ट्राफिकले मात्रै एक वर्षमा एक अर्ब ६ करोड ६८ लाख ९१ हजार रुपैंया राजश्व संकलन गरेको छ।

प्रहरीले एक वर्षमा ७८ किलो आठ सय ७६ ग्राम सुन बरामद गर्नुका साथै तस्करीमा संलग्न एक सय ३७ जनालाइ नियन्त्रणमा लिएकाे छ ।बरामद भएको यो परिमाणको सुनको मूल्य ४५ करोड चार लाख ६० हजार ६५ रुपैंया हुन आउँछ। त्यसैगरी ४२ करोड २३ लाख नौ हजार एक सय रुपैंया बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ।

गत वैशाख एकदेखि चैतसम्ममा कुल ३७ हजार ६ सय ८९ जना विभिन्न अपराधमा संलग्न अभियुक्त प्रहरीले पक्राउ गरेको छ। जसमा २० हजार ७५ जना सार्वजनिक अपराधमा संलग्न थिए। सार्वजनिक अपराधपछि लागूऔषध घटनामा बढी अभियुक्त पक्राउ परेका थिए। लागूऔषध तस्करीमा संलग्न भएको आरोपमा एक वर्षमा चार हजार आठ सय १८ जना अभियुक्त पक्राउ परेका थिए।

गएको एक वर्षमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले २५ विरुद्ध डिफ्यूजन र १६ विरुद्ध रेड नोटिस जारी गरेको छ। नेपालमा अपराधगरी भागेका पाँच नेपालीलाई विदेशबाट पक्राउ गरि ल्याइएको थियो।

प्रहरीले सुरु गरेको समुदाय–साझेदारी कार्यक्रम अन्तर्गत सात सय ५३ स्थानीय तहमध्ये सात सय ५१ वटा स्थानीय तहसँग समझदारी गरिसकेको छ। सामुदायीक सचेतनातर्फ प्रहरीले दुई हजार आठ सय ५१ कार्यक्रम गरिसकेको छ। एक वर्षको अवधिमा प्रहरी चौकीसहित सात सय ५० वटा नयाँ प्रहरी कार्यालयको माग भएको उनले बताए

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक खनालले कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना र  साढे ३३ किलो सुन तस्करी र रामबहादुर बमजम पक्राउ घटनाबारे घुमाउराे जवाफ दिएका छन् । सबै घटनाबारे अनुसन्धान भइरहेकेा बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ