झापा,१०बैशाख। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्ला सदस्य सौगात कटुवाललाई तत्काल रिहा गर्न माग गरेको छ ।
जिल्ला इन्चार्ज सौगातले विज्ञप्तिमा जारी गरी जिल्ला सदस्य कटुवाललाइ बिर्तामोड स्थित एक फार्मेसी नजिकैबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
बिरामि आमाको औषधि लिन गएका उनलाई फार्मेसिमा औषधि किन्दै गर्दा सादा पोसाकका प्रहरीले गिरफ्तार गरेको भन्दै ईन्चार्ज सौगातले भत्सना समेत गरेका छन् ।
दलाल पुँजिवादि सत्ताको असलि कारिन्दाको रुपमा केपि पिके नेतृत्वको दलाल सामाजिक फाँसिबादि सरकार राष्ट्र र जनताको पक्षमा उभिएको जनताको पार्टी र आवाजलाई दबाउन आफ्ना कर्तुतहरु प्रदर्शन गरिरहेको विज्ञप्तीमा भनिएको छ ।
नेकपाका केहि नेतालाई मौका मिले भौतिक रुपमा नै सिध्याउने सम्म योजनाहरु बनेको भन्ने बिषय बाहिरिएको भन्दै ईन्चार्ज सौगातले आवश्यक परे जिल्ला नेतृत्व तहबाटै वलिदान दिन तयार रहेकोले सत्ताबाट भयवित नहुन अपिल समेत गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ती
