विप्लव नेतृत्वकाे नेकपाका जिल्ला जनसरकार प्रमुख सहित दुई जनालाई गिरफ्तार

विप्लव नेतृत्वकाे नेकपाका जिल्ला जनसरकार प्रमुख सहित दुई जनालाई गिरफ्तार

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडाैं, १० वैशाख । प्रहरीले गोरखाबाट प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनसरकार प्रमुख सहित दुई जनालाई गिरफ्तार गरेको छ ।

गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक घर भएका गोर्खा जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई उनकै घरबाट सोमबार गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ ।

रिजाललाई केही समयअघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंकामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

यस्तै विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य ईश्वर पाण्डे ‘अटल’लाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले जानकारी दिए । पाण्डेविरुद्ध धादिङमा मुद्दा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, २७ दिन लामो कास्की जिल्लास्थित प्रहरी हिरासतको बसाईपछी तमुवान स्वायत्त जनसरकार प्रमुख किसान सिंह गुरुंङ र २३ दिन पछि कास्की जिल्ला जनसरकार प्रमुख राम काजी गुरुङ रिहा भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ