फरक विचारलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयोः देउवा

फरक विचारलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयोः देउवा

  • सोमवार, बैशाख ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

झापा, ९ वैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै कांग्रेसको बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेप्रति कटाक्ष गर्दै कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर नभएको दाबी गरे।

सभापति देउवाले कांग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको दाबी गर्दै असुन्तुष्टि पाेखे । ‘प्रजातान्त्रिक पार्टीमा फरक विचारहरु पनि आउँछन्’, उनले भने, ‘ यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो।’

सभापति देउवाले पत्रकारसँग कुरा गर्दै बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमती ललिताको भएको दाबी गरेका छन्। सरकारले अधिग्रहण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले पाउनुपर्ने उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ