काठमाडौं, ९ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ ।
निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो १ सय ५८ सिटे जहाज हो । ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको जानकारी निगमका सहप्रवक्ता नवराज कोइरालाले दिए ।
तीनदिने चार्टर्ड उडानको लागि लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिव १ करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिएको खबर दिवाकर पन्तको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिक मा प्रकाशित छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline