पत्रकार जीतेन्द्र महर्जनलाई दोस्रो पटक पनि राज्यविरुद्धकै मुद्दा ! (फोटो/भिडियोसहित)

पत्रकार जीतेन्द्र महर्जनलाई दोस्रो पटक पनि राज्यविरुद्धकै मुद्दा ! (फोटो/भिडियोसहित)

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

काठमाडौं। सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तारमा परेका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले संगठित अपराध तथा राज्यविरुद्धको मुद्दा लगाएकाे छ ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै आइतबार रिहा गर्न आदेश दिएलगत्तै नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक महर्जनलाई उक्त अभियोगमा अनुसन्धान गर्न भन्दै पुन गिरफ्तार गरेको हो ।गणतान्त्रिक सरकारले पत्रकारलाई राज्यविरुद्ध मुद्दा चलाएको यो नै पहिलो हो ।
यसअघि महानगरीय प्रहरी परिसर टेकुले गिरफ्तार गरी राज्यविरुद्धको मुद्धा नै लगाएको थियो । तर नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको इजलासले पत्रकार महर्जनलालाई रिहाको आदेश दिएको थियो ।
महर्जन विप्लव निकट पत्रकार संगठन जनपत्रकार संगठन नेपालका काठमाडौं संयोजक हुन् । समाचार संकलनका क्रममा रहेका उनलाई विप्लव निकट नेकपा कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
वस्तुनिष्ट आधार र कारणबिना महर्जनलाई पक्राउ गरेको र अनुसन्धानका क्रममा भन्दै थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको सर्वोच्चको ठहर छ ।
‘निश्चित राजनीतिक आस्था भएकाले प्रवृत्त भावनाबाट कानुनको उचित कार्य्विधि पालना नगरी थुनामा राख्न पनि नमिल्ने, पटक(पटक म्याद थप गरी हिरासतमा राखिरहनु न्यायिक दृष्टकोबाट समेत औचित्यपूर्ण नदेखिएकले जितेन्द्र महर्जनको हकमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।
तर उक्त आदेशपछि रिहा भएका पत्रकार महर्जनलाई प्रहरीले यसरी गिरफ्तार गर्यो । हेर्नुहोस् तस्वीर र भिडियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ