वार्ताको औचित्य नभएको प्रष्ट्याउदैँ विरहीले भने– मेरो नाम जोडेर आएको समाचार भ्रमपूर्ण,कपोलकल्पित

वार्ताको औचित्य नभएको प्रष्ट्याउदैँ विरहीले भने– मेरो नाम जोडेर आएको समाचार भ्रमपूर्ण,कपोलकल्पित

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, ८ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले बिभिन्न सन्चारमाध्यमले आफ्नो नाम जोडेर नियोजित रुपमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका छन् ।
आईतवार आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार प्रकाशित भएको भन्दै उक्त समाचारनियोजित भ्रामक रहेको भन्दै खण्डन गरेका हुन् ।
केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको भन्दै विरहीले उक्त समाचार समेत फुटाऊ र राज गर भन्ने मनसायबाट निर्देशित रहेको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाऊ र राज गर भन्ने मनसायबाट निर्दे्शित छ ।’
सैद्धान्तिक रुपमा नेकपा वार्ताको विरोधी नभएको तर अहिले वार्ताको सन्दर्भ र औचित्य दुबै नभएको प्रष्ट पारेका छन् ।
सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु । विज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ