सर्वोच्चले रिहा गरेलगत्तै पत्रकार महर्जन अदालत परिसरबाटै पुनः गिरफ्तार

सर्वोच्चले रिहा गरेलगत्तै पत्रकार महर्जन अदालत परिसरबाटै पुनः गिरफ्तार

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

काठमाडौं, ८ वैशाख ।
सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपा साप्ताहिकका प्रधानसम्पादक महर्जनलाई आईतवार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएकाे थियो । तर उनलाई अदालतले रिहा गरेलगत्तै सर्वोच्च अदालतको परिसरबाटै पुन गिरफ्तार गरेको हो ।

गत चैत्र २८ गते किर्तिपुरबाट गिरफ्तार महर्जनलाई बन्दी प्रत्यक्षीकरणको मुद्धामा सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको इजलासले रिहा गर्न आदेश दिएको थियो ।  वस्तुनिष्ट आधार र कारणबिना महर्जनलाई पक्राउ गरेको र अनुसन्धानका क्रममा भन्दै थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको सर्वोच्चको ठहर छ ।

आदेशमा भनिएको छ, ‘निश्चित राजनीतिक आस्था भएकाले प्रवृत्त भावनाबाट कानुनको उचित कार्यविधि पालना नगरी थुनामा राख्न पनि नमिल्ने, पटक–पटक म्याद थप गरी हिरासतमा राखिरहनु न्यायिक दृष्टकोबाट समेत औचित्यपूर्ण नदेखिएकले जितेन्द्र महर्जनको हकमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’ पत्रकार महर्जनकाे पक्षमा एकराज भण्डारी,कपिलचन्द्र पोख्रेल,कान्ति ढुंगाना लगायतले बहस गरेका थिए ।

उनलाई टेकु स्थित महानगरीय प्रहरी परीसरमा राखिएको थियो । महर्जनलाई पक्राउ गरी राज्यविरूद्वको कसुरसम्बन्धी मुद्दा लगाएको थियाे। समाचार संकलनका क्रममा रहेका पत्रकार महर्जनलाई विप्लव नेतृत्वकाे नेकपामा अास्था राखेकै कारण गिरफ्तार गरेकेा हाे । उनी नेकपा निकट जनपत्रकार संगठन नेपालका काठमाडौं संयोक समेत हुन् ।

आज पुनः पक्राउ परेका पत्रकार महर्जनलाइ फेरी पनि संगठित अपराध तथा राजद्राेहकाे अभियाेग लगाइएकाे छ।

यस्ताे छ दास्राे पटककाे पत्क्राउ पूर्जी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ