महाधिवेशन गर्ने पक्ष, विपक्षमा विभाजित भए राजपा नेता, पदाधिकारी बैठकले टुङ्ग्याउने

महाधिवेशन गर्ने पक्ष, विपक्षमा विभाजित भए राजपा नेता, पदाधिकारी बैठकले टुङ्ग्याउने

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, ८ वैशाख ।  महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय बबरमहलमा बस्ने छ ।

राजपा गठन भएको ३ वर्ष लागेपछि महाधिवेशन हुन सकेको छैन । राजपाको महाधिवेशन यही वैशाख ७ गते गर्ने भनिए पनि तयारी नपुगेपछि स्थगित गरिएको थियो ।

आज बस्ने बैठकले महाधिवेशनका बारेमा ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । शरत्सिंह भण्डारी, राजेन्द्र महतो र अनिल झा विशेष अधिवेशन गर्ने पक्षमा रहेका छन् भने महेन्द्र राय यादव, राजकिशोर यादव र महन्थ ठाकुर पूर्ण महाधिवेशनको पक्षमा रहेका छन् ।

राजपा नेता राजेन्द्र महतोले कुनैपनि हालतमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै छिट्टै पदाधिकारी बैठकबाट महाधिवेशनको टुंगो लाग्ने बताएका छन् भने अर्का नेता अनिल झाले पार्टीभित्र कुनै विवाद नभएको बताउँदै केही पदाधिकारीहरुबीच भएको असमझदारी वार्तामार्फत् समाधान गरिने बताए ।

२०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित विभिन्न ६ पार्टी मिलेर बनेको राजपाले शनिबार काठमाडौंमा एक कार्यक्रमकाे आयाेजना गरी वार्षिकोत्सव समेत मनायाे । बैठकमा संघीय समाजवादी फोरम नेपालसँगको एकताका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ