दमन नराेकिए सरकारविरूद्व कडा प्रतिवादमा उत्रने चेतावनी दिदैँ विप्लवले भने -फेरी भन्दैछौं, हामीलाई बाध्य नपारियोस्

दमन नराेकिए सरकारविरूद्व कडा प्रतिवादमा उत्रने चेतावनी दिदैँ विप्लवले भने -फेरी भन्दैछौं, हामीलाई बाध्य नपारियोस्

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, ८ वैशाख ।

नेपाल कम्युस्टि पार्टीले आफ्ना नेता कार्यकर्तामाथिको धरपकड बन्द नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ। नेकपाका महासचिव विप्लवले शनिवार विज्ञप्ती जारी गर्दै सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर यातना दिइरहेको भन्दै दमन नरोके प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले सशक्त प्रतिरोधका लागि आफूहरुलाई बाध्य नपार्न समेत सरकारलाई सचेत गराएका छन् ।

विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ ।’

सरकारले आफ्नो पार्टीमाथिको प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ । प्रहरीले शुक्रबार मात्रै पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेलगत्तै विज्ञप्ति जारी गर्दै विप्लवले गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्ताको रिहाइको माग गरेका छन् ।

विज्ञप्तीमा भनिएकाे छ, “सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ । यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ । सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं ।

स्मरण रहोस्, केपी सरकारले गत फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगासँगै ठूलो संख्यामा नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । यसरी गिरफ्तार हुनेमा स्थायी समिति सदस्य सुदर्शन, पोलिट ब्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरु बसन्त श्रेष्ठ, चुडामणि ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्द रहेका छन् । त्यसैगरी सयौंको संख्यामा ब्युरो सदस्य, जिल्ला सदस्यहरु गिरफ्तार भएका छन् । सरकारले घोषणा गरेको प्रतिबन्धको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा व्यापक विरोध भैराखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ