जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा

जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा

  • शनिबार, बैशाख ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

७ वैशाख, बुटवल ।

ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । अंग्रेज फौजमाथि विजय हासिल गरेको बुटवल उपमहानगर- १ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार  नेपाली राष्ट्रिय झण्डाको झण्डोत्तलन  गरेेका हुन ।यस्तै आजै ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिकसमेत अनावरण गरिएको छ ।

त्यस अवसरमा जितगढी किल्लामा राखिएको राष्ट्रिय झण्डा र शालिकलाई नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै सराय नाच प्रदर्शन गरेको छ ।

वि.सं. १८७२ साल वैशाख ७ गते जितगढीमा अंग्रेज-नेपाल युद्धका क्रममा नेपाली सेनाले जनरल उड नेतृत्वको अंग्रेज फौजमाथि विजय प्राप्त गरेको थियो ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीमा गत वर्षदेखि बुटवल उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन थालेको थियो । उपमहानगरले ४४ लाख खर्चेर उजिरसिंहको पूर्ण कदको शालिक र राष्ट्रिय झण्डा राखेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ