विप्लव नेकपाका नेता पक्राउबारे फिनल्यान्डको कम्युनिष्ट पार्टीले प्रधानमन्त्री ओलीलाई लेख्यो यस्तो पत्र

विप्लव नेकपाका नेता पक्राउबारे फिनल्यान्डको कम्युनिष्ट पार्टीले प्रधानमन्त्री ओलीलाई लेख्यो यस्तो पत्र

  • शुक्रबार, बैशाख ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बैशाख ६, काठमाडौं । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताको गिरफ्तारीको श्रृङ्खला नराेकिएपछि द कम्युनिस्ट लिग अफ फिनल्यान्डले गिरफ्तारीकाे विरोध गर्दै तुरुन्त रिहा गर्न माग गरेको छ ।

उक्त पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षर गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्नुको कुनै कानूनी आधार छैन ।

‘यसरी प्रतिबन्ध लगाउनु समाजवाद र मानवअधिकारको कानुनी र संवेदनशील उल्लघंन हो । फिनल्यान्ड कम्युनिस्ट लिग नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार गरिएका कार्यकर्ताको रिहाई गर्न उनीहरुमाथि अत्याचार रोक्न माग गर्दछ’, जारी गरेको पत्रमा लेखिएको छ ।

यसअघि विप्लव नेकापामाथि लगाएको प्रतिबन्ध हटाउन र कार्यकर्तामाथिको धरपकड बन्द गर्न माग गर्दै कम्युनिस्ट पार्टी अस्ट्रेलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ