६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारको अत्याचार बढेको बढेको बताएका छन् ।
उनले भने, ओली सरकारको अत्याचार बढ्यो । अब ओली सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्छ ।
नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारले सबैलाई दुःख दिएको दाबी गरे ।देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताए । वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन दिए ।
निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो बचाउन लागेको, महंगी बढेको भन्दै सभापति देउवाले भने, एउटा पनि राम्रो काम र्गयो भन्न सक्ने अवस्था छैन ।’सरकारले सबैलाई दुःख दिएको छ ।
ओली सरकार असफल सिद्ध प्राय भईसकेको धारणा राख्दै उनले भने, ‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ । भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ ।’उनले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे । कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए ।
कांग्रेस सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिए । नेविसंघकै नेताहरुको परामर्शको आधारमा ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय भन्दै उनले नेतृत्वको चयनमा अन्याय नगर्ने आश्वासन दिएका छन् ।