राप्रपाका नेता कार्यकर्ताले धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाए , प्रहरीकाे हस्तक्षेप

राप्रपाका नेता कार्यकर्ताले धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाए , प्रहरीकाे हस्तक्षेप

  • शुक्रबार, बैशाख ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, वैशाख ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाएका छन् ।  पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत राप्रपाका नेता कार्यकर्ताले बिभिन्न जिल्ल्लालाहरूमा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाएका हुन् ।

कञ्चनपुर, संखुवासभा, मकवानपुर, म्याग्दी, रुपन्देही लगायतका जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम सम्पन्न भइसकेको छ भने अन्य जिल्लामा पनि कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

घोषित कार्यक्रमअनुसार आज सबै जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम छ । रुपन्देहीमा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने क्रममा आफ्ना कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको राप्रपाले जनाएको छ ।

प्रहरी हस्तक्षेपका कारण जिल्ला अध्यक्ष सागरप्रताप राणासहित आफ्ना कार्यकर्ता कृष्ण बिडारी, अर्जुन खुलाल घाइते भएको राप्रपाले जनाएको छ । मकवानपुरको हेटौंडामा कार्यक्रमका क्रममा प्रहरीले धरपकड गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ