प्रधानमन्त्री ओली आउने कार्यक्रम स्थगित गर्न नेकपाकाे माग

प्रधानमन्त्री ओली आउने कार्यक्रम स्थगित गर्न नेकपाकाे माग

  • शुक्रबार, बैशाख ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं , ६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले वैशाख ७ गते नवलपुरको कावासोतीमा प्रधानमन्त्री केपि ओली आउने कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरका सेक्रेटरी बिश्वासले एक विज्ञाप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

सेक्रेटरी बिश्वासद्वारा जारी विज्ञाप्तिमा भाेली नवलपुरको कावासोतिमा हुन लागेकेा कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल गरिएकाे छ ।

बिज्ञप्तीमा भनिएकाे छ, ‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यसअघिको विज्ञप्तिमा उल्लेख गरिएको पुर्बनिर्धारित कार्यक्रम अनुसार नै हाम्रो पार्टीमाथी लगाईएको कथित प्रतिबन्ध नहटाएसम्म केपि-पिके सरकारमाथी प्रतिबन्ध लगाईएको घोषणा गर्न बाध्य भएका छौं ।  पार्टीले लगाएको प्रतिबन्धलाई बेवास्ता गरी दलाल केपि गिरोह सहभागी हुने कुनै कार्यक्रम नगर्नुहुन साथै केपी गिरोह उपस्थित हुने कार्यक्रममा सहभागी नहुनको लागि जिल्लास्थित विभिन्न संघ-सस्था, बिधालय, सरकारी तथा गैरसरकारी कार्यलय र आमजनसमुदायलाई अपिल समेत गर्दछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ