विद्युतीय कारोबार ऐनकाे दफा ४७ र ४८खारेजीको माग गर्दै पत्रकारको धर्नाः गिरी रिहा, महर्जन हिरासतमै

विद्युतीय कारोबार ऐनकाे दफा ४७ र ४८खारेजीको माग गर्दै पत्रकारको धर्नाः गिरी रिहा, महर्जन हिरासतमै

  • बिहिबार, बैशाख ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं,५ बैशाख । नेपाल पत्रकार महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजी तथा गिरफ्तार पत्रकारको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएको छ ।
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकार महासंघ जिल्ला शाखाको अगुवाईमा उक्त दफा खारेजीको माग गर्दै बिहिवार पत्रकारले धर्ना दिएका हुन् ।
यसैक्रममा नेपाल पत्रकार महासङ्घ ललितपुरको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्र्दै जिल्ला प्रशासन कार्यालय अगाडि बिहान साढे ९ बजेदेखि एक घण्टा धर्ना दिए ।
धर्ना कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सचिव लक्ष्मी पुनले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्न माग गरिन् ।
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उनले केन्द्रको आह्वानमा जिल्ला शाखाहरुले आज एक घण्टा जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएको र उक्त दफा खारेज नभएसम्म आन्दोलन जारी रहने बताईन् । यस्तै पत्रकार महासंघका ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेलले पनि समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरि विद्युतीय कारोवार ऐन अन्तरगत मुद्धा चलाउन नहुने बताए ।


उनले ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई तत्काल रिहा गर्न पनि माग गरे ।
यसैबीच पत्रकार गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा रिहा गरेको छ । तर नेपाल भाषाको पत्रिका न्हुगु ज्वजोलोप्पाका प्रधानसम्पादक जितेन्द्र महर्जन भने अझै प्रहरी हिरासतमै छन् । उनलाई गत चैत २८ गते प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै यसअघि पक्राउ परेका पत्रकार गाेपाल चन्द, केबी गुरूङ, गणेश विक, कर्ण विकहरू लगायत अझै पनि प्रहरी-प्रशासनमा तारेख धाइरहेका छन् ।

विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ मा के छ ?

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ