प्रविण अधिकारी/झापा,५बैशाख।
नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिकाे बन्दकाे कारण आज देेशभरकाे जनजिवन प्रभावित बनेकाे छ।
सरकारले विप्लव नेतृत्वकाे नेकपालाई प्रतिबन्ध लगाएपछि प्रतिकारमा उत्रिएको नेकपाले आज देशभर नेपाल बन्द तथा भाेलिदेखि प्रधानमन्त्री केपि ओलीकाे हरेक कार्यक्रममा प्रतिबन्ध तथा बन्द गर्ने जनाएको छ।
पुर्वकाे इलाम, पाँचथर ,ताप्लेजुङ लगायतका जिल्लामा पनि बन्दकाे प्रभाव परेकाे छ ।
बिहानैदेखि लामाे तथा छाेटाे दुरिका सवारीसाधन चल्न सकेका छैनन् भने ,उद्योग ,कलकारखाना ,विद्यालय तथा बजारहरु सुनसान बनेका छन्।
बन्दका कारण झापाका बजारहरु समेत सुनसान बनेका छन भने सुरक्षाकर्मीकाे बाक्लो उपस्थित रहेकाे छ।आज बिहानैदेखि पुर्व पश्चिम राजमार्ग समेत सुनसान बनेकाे छ।
बन्दकाे दिन झापाका विभिन्न स्थानमा विप्लव नेकपाले प्रधानमन्त्री केपि वलिलाई प्रतिबन्ध लगाइएको ब्यानर टाँगेकाे छ।
झापाकाे मेचिनगर,बुद्दशान्ति,बिर्तामोड,दमक,भद्रपुर,झापा बजार लगायतका विभिन्न स्थानमा ब्यानर टाँगिएकाे छ।
एकीकृत जनक्रान्ति जिन्दावाद लेखिएको ब्यानरमा फासिबादि जनदमन र पार्टी प्रतिबन्धकाे बिरुद्ध बैशाख पाँचकाे बन्द सफल पाराैँ।,दलाल सत्ताकाे बाैलाहापुर्ण निर्णयकाे प्रतिराेधकाे लागि बैशाख ६ देखि केपि सहभागी सम्पूर्ण कार्यक्रम प्रतिबन्ध गराैँ भन्ने नारा लेखिएको छ।
हेर्नुहाेस् तस्वीर ।
