नेकपाकाे नेपाल बन्दः रुपन्देही र पाल्पामा शक्तिशाली बम विस्फोट, ठाउँठाउमा बम फेला

नेकपाकाे नेपाल बन्दः रुपन्देही र पाल्पामा शक्तिशाली बम विस्फोट, ठाउँठाउमा बम फेला

  • बिहिबार, बैशाख ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

५ बैशाख, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दका कारण लामो दुरीका सवारी साधान ठप्प छन् भने काठमाडौँ उपत्यकामा पनि फटफुट मात्रै सवारी साधान चलेका छन् । रातिबाट पूर्वपश्चिम राजमार्ग पनि सुनसान छ । सुरक्षाकर्मी, एम्बुलेन्स, दुध तथा पानीकाे लगायतका अत्यवशकीय यातायात बाहेक सार्वजनिक तथा नीजि सवारी सधान चलेका छैनन् ।

बन्दका क्रममा पोखराको मुख्य चोकमा प्रेसर कुकर बम फेला परेको छ । पोखराको जिरोकिलोमिटरमा प्रेसर कुकुर बम फला परेको हो ।
नेपाल प्रहरीले टोलीले सो क्षेत्रलाई सुरक्षा दिएको छ । बम डिस्पोचको लागि नेपाली सेना आउन लागेको बताइएको छ । बन्दका कारण पोखरा पूर्णरुपमा ठप्प छ ।

यसैबीच पाल्पामा बम विस्फोट भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ । राति १ बजे भएको बम विस्फोटपछि अनुसन्धानको लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ ।

बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताहरुले उपत्यकासहित देशभर मशाल जुलुस निकालेका थिए । यसैगरी बन्दको कारण रुपन्देही पनि पूर्ण रुपमा प्रभावित भएको छ । पत्रकार शिव डुम्रेका अनुसार बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित बिस्फोट भएको खबर प्राप्त भएको छ । देवदहको धकधैइमा पनि बिहान ४:३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन् ।

कन्चन गाउँपालिका परिसरमा बम फेला परेको छ भने प्रहरी त्यसतर्फ पुगेको छ । अहिले त्यसतर्फ डिस्पोजल टोलि जाँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको बसमा पेट्रोल बम प्रहार भएको सूचना प्राप्त भएको छ । रुपन्देहीको कोटीहवा नजीकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटिएको छ ।यस्तै यता पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको समाचार छ ! विस्फोटले गाउपालिका भवनमा क्षति पुगेको छ भने, सिसाहरु सबै फुटेका एक प्रत्यक्षदर्शीले बताए ।
यता हिजै चौधरी उद्योगमा बम विस्फोट भएको नवलपरासी सुस्ता पुर्बमा पनि ठाउँठाउमा बम फेला परेका छ्न । बेल्डिया र रजहरको पुलनजिकै बम फेला परेको प्रहरीले जनाएको छ, डिस्पोजल टोलिले देखिएका बमहरु निस्कृय पारिरहेको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ