काठमाडौं, ४ वैशाख ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली बैशाख ५ गते आह्वान गरेको बन्दको पुर्व सन्ध्यामा देशभर मसाल जुलुस निकालेको छ ।
बुधबार साँझ काठमाण्डौँ उपत्यकासहित कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा, सल्यान, कन्चनपुर, कालिकोट, पुर्वमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगाएत जिल्लाहरुमा नेकपाका नेता–कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन् ।
उता कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका ,टिकापुर , लम्की , फुलवारी ,अत्तरिया सुख्खडमा मसालजुलुस सहित चोक चोकमा टायर बालेको छ ।
यस्तै पुर्वका झापा, इलाम,पाँचथर,ताप्लेजुङ लगायतका जिल्लामा पनि नेकपाका नेता कार्यकर्ताले बन्दको पुर्व सन्ध्यामा नारा सहितको मशाल जुलुस गरेका छन्।
नेकपाका नेता कार्यकर्ताले झापाको १५ वटै निकायमा नाराबाजी सहितको मसाल जुलुस गरेका छन्। झापाको मेचिनगर,भद्रपुर,दमक,विर्तामोड बुद्दशान्ति ,शनिश्चरे लगायतका विभिन्न क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले नेपाल बन्द सफल पारौँ भन्दै नाराबाजी सहित मसाल जुलुस निकालेका हुन् । झपा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला हो ।
मसाल जुलुस पश्चात कोणशभा गर्दै नेकपाका नेता कार्यकर्ताले दलाल राज्य सत्ताको अन्त्य र गरिब, मजदुर, सुकुम्बासीलगायत समस्त नेपाली जनताको भविष्य सुनिश्चित गर्नको लागि आफुहरु प्रतिबन्धको प्रतिकार गर्न तयार रहेको बताएका छन् ।
यता काठमाण्डौँ उपत्यकाको नयाँ बजारमा नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौंले जिल्लाको मसाल जुलुस निकालेको छ । काठमाडौँकै गोकर्णेश्वर नगरपालिकामा पनि मसाल जुलुस निकालेको छ ।
त्यस्तै नेकपा भक्तपुरले जिल्लाको लोकन्थलीमा मसाल जुलुस निकालेको छ । बन्दकै पुर्बसन्ध्यामा रुपन्देहीको कन्चन, देवदह, सैनामैना, ओमसतिया र लुम्बिनीमा मसाल जुलुस निकाल्दै भोलि हुने बन्द सफल बनाउन अपिल गरिएको नेकपाका जिल्ला सेक्रेटरी अमरले जानकारी दिए । कपिलवस्तुको वाणगङ्गा(३, शिवराज(१ शिवपुर, बुद्धभुमीको डुमरा र बाण्गङा को बभनी चोकमा मसाल जुलुस भएको छ ।
नवलपुरमा प्रहरीले बुधबार राति करिब ९ बजेको समयमा राके जसलुस गर्ने क्रममा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य मध्यविन्दु ११का पुरूषोतम रेग्मीलाई गिरफ्तार गरेको बताएको छ ।
नेपाल बन्दका क्रममा सवारी साधन, शैक्षिक संस्था, उद्योग, बजार, कलकारखाना लगाएत बन्द हुने नेकपाले जनाएको छ । तर अत्यावश्यक सवारी साधनहरु एम्बुलेन्स, दमकल, शववाहन, कुटनैतिक नियोग, पत्रकार, दुध, पानी र विवाहको सवारी चल्न दिने नेकपाले जनाएको छ ।
वैशाख ५ गतेको नेपाल बन्द कार्यक्रमलाई सफल पार्न सम्पूर्ण यातायात व्यवसायी, उद्योगी, व्यापारी, मजदुर, बुद्धिजीवी लगायत सम्पूर्ण आम जनसमुदायमा सहयोग गरिदिन अपिल गरेको छ । प्रतिबन्ध तत्काल हटाउन र गिरफ्तार नेताकार्यकर्ताहरुलाई ससम्मान विना सर्त रिहाइ नगरिए बैशाख ६ गतेबाट केपि ओलिका कार्यक्रममा प्रतिबन्ध गर्ने नेकपाले चेतावनी दिएको छ ।
यसअघि नै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको हो ।