प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ आज

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ आज

  • बुधबार, बैशाख ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, वैशाख ४ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ आज गर्ने भएको छ ।
समितिको बैठक आज दिउँसो २ बजे बस्ने छ ।उक्त बैठकमा सुनुवाइका लागि थपलियालाई बोलाइएको छ । यसअघि समितिले थपलियाविरुद्ध उजुरी दर्ता गर्नेहरुसँग छलफल गर्ने भएको छ ।
थपलियाविरुद्ध कर्मचारी समायोजन, स्थानीय विकास मन्त्रालयमा हुँदा बजेट नदिएको जस्ता प्रसंग जोडेर ६ वटा उजुरी परेका छन् ।
यस्तै समितिले सर्वोच्च अदालतका प्रस्तावित पाँच जना न्यायाधीशमाथि प्रश्न उठाउँदै परेका उजुरीमाथिसमेत सुनुवाइ गर्दै छ । सेटिङमा मुद्दा मिलाएको, जग्गा किर्ते गरेको आरोपसहित प्रस्तावित न्यायाधीशहरूको योग्यतामाथि प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेका छन् ।
समितिले उजुरीकर्ताहरूलाई छलफलका लागि आज बोलाएको छ । न्यायपरिषद्बाट सिफारिस पाँच जनामध्ये मनोजकुमार शर्मा, हरि फुयाँल, प्रकाश ढुंगानामाथि व्यक्तिगत उजुरी परेका छन् । एउटा उजुरीमा सिफारिस नै खारेज हुनुपर्ने माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ