प्रविण अधिकारी/झापा,३ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टि झापाले पार्टीले आह्वान गरेकेा वैशाख ५ गतेकाे नेपाल बन्द सफल बनाउन अपिल गरेकेा छ । नेकपा झापाका ईन्चार्ज साैगात र सेक्रेटरी सुमनसिंहले बिज्ञप्ती निकालेर पार्ले आह्वान गरेकेा बन्द सफल बनाउन सहयाेग गर्न अपिल गरेका छन् ।
सरकारले पार्टीमाथि लगाएकाे प्रतिवन्ध तथा नेता कार्यकर्ताकाे गिरफ्तारीबिरूद्व पार्टिका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित संघर्षका कार्यक्रम घाेषणा गरेका थिए।
झापा जिल्लाले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ- यतिबेला यो कतिथ कम्युनिस्ट नामधारी केपि/ बादल सरकारले जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टिमाथी प्रतिबन्ध लगाएको छ । र यसको चौतर्फी आम नागरिकहरुले विभिन्न माध्यमबाट बिरोध गरिरहेका छन । रास्ट्र र जनताको पक्षमा इमान्दारिता पुर्वक लागेको हाम्रो पार्टिलाइ दलालहरुका यस्ता प्रतिबन्धले कुनै प्रभाव पार्ने छैन ।
नेकपा प्रतिबन्ध र दमनको ससक्त प्रतिरोध गर्न तयार रहेकेा भन्दै नेकपा झापाले पार्टी केन्द्रले घाेषणा गरेकाे बन्द सफल पार्न अपिल गरेकेा हाे ।
साथै नेकपाले बैशाख ६ गतेबाट केपि ओलिका गतिबिधी माथी प्रतिबन्ध लगाउने कार्यक्रम पनि यस अघि नै घाेषणा गरिसकेकेा छ ।
बिज्ञप्तीमा भनिएकाे छ, नागरिक सर्बोच्चता माथीको कथित सरकारी हस्तक्षपलाइ आफ्नो अधिकार माथिको हस्तक्षेप ठानी संघर्सको कार्यक्रममा सहभागी हुन हामि अनुरोध गर्दछौं । यो देशमा दलालहरुको सत्ता बिरुद्ध विस्फोट हुने दिन आएको छ, आम जनसमुदायले यस मर्मलाई बुझ्दै तयार बनौं, आन्दोलनमा सहभागी बनौं ।
