वैशाख ११ गतेदेखि कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरू गर्ने, केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुग्ने

वैशाख ११ गतेदेखि कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरू गर्ने, केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुग्ने

  • मङ्लबार, बैशाख ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, ३ वैशाख। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुगेर कांग्रेसको नीति अनुरुप राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न १४ बुँदे उद्देश्य राखी घोषणा भएको अभियान तीन चरणमा हुने जानकारी दिए ।

सरकारको अधिनायकवाददेखि मधेशको माग पूरा गराउने, निर्मला हत्याकाण्डलगायतका घटनाको छानबिन,विपद्मा क्षति पुगेकाहरुको पूनस्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउनेलगायतको विषय जागरण अभियानमा उठाइने उनले बताए ।

जागरण अभियानको पहिलो चरण वैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।

बीपी जयन्तीको अवसर पारेर सुरु हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ । अभियानका क्रममा कांग्रेसले पार्टीको स्थापनाकालदेखि हालसम्मको दस्ताबेज संकलन गर्नुका साथै पुराना नेताहरुको खोजी समेत गर्ने बताइएको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ