संसदीय सुनुवाई समितिको बैठक बस्दै, उजुरीकर्तालाई बोलाउने/नबोलाउने तय गर्ने

संसदीय सुनुवाई समितिको बैठक बस्दै, उजुरीकर्तालाई बोलाउने/नबोलाउने तय गर्ने

  • मङ्लबार, बैशाख ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, वैशाख ३ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस ५ जना र निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा निर्णय गर्दै सुनुवाईको मिति तय गर्न संघीय संसदको संसदीय सुनुवाई समितिको बैठक आज बस्दैछ । सबै उजुरी खोल्दै आजको बैठकले अध्ययनपछि उजुरीकर्तालाई बोलाउने/नबोलाउने तय गर्नेछ ।

सर्वोच्च अदालको प्रस्तावित न्यायाधीशहरुविरुद्ध ५ र प्रमुख आयुक्तविरुद्ध ६ वटा उजुरी परेको संघीय संसद सचिवालयले जनाएको छ । न्याय परिषद्ले गत चैत १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फँुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो । ढुंगानाविरुद्ध दुई र फुयाँलविरुद्ध एउटा उजुरी परेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप दुईवटा उजुरी परेका छन् ।

यस्तै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध ६ वटा उजुरी परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिवसमेत रहेका थपलियाविरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको संसद सचिवालयले जनाएको छ ।

समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ