नयाँ सालमा नेप्से परिसूचक हरियो

नयाँ सालमा नेप्से परिसूचक हरियो

  • मङ्लबार, बैशाख ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडाैं, ३ वैशाख ।

०७६ सालको पहिलो दिन शून्य दशमलव ४० अंक बढेर बन्द भएकाे नेप्से परिसूचक सोमबार ४ दशमलव ७० अंक बढेर १ हजार १ सय ८८ दशमलव ७१ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव १३ अंक बढेर २ सय ५४ दशमलव ७७ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४६ अंक बढेको छ ।

यस दिन १ सय ६५ कम्पनीको ५ हजार ४ सय ५ पटकको कारोबारमा ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँबराबरको ९ लाख ६४ हजार ५ सय ९८ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

यस दिन कारोबारमा आएका १० समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ४ समूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

त्यसैगरी, होटेल समूहको परिसूचक यस दिन १ दशमलव ३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५६ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २८ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव १३ प्रतिशत बढेको छ ।

अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ७५ प्रतिशत घटेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ४७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३२ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव १९ प्रतिशत घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी