प्रधानमन्त्री ओलीले दिए विपक्षी दलहरूलाई नन्दी भृंगीको संज्ञा

प्रधानमन्त्री ओलीले दिए विपक्षी दलहरूलाई नन्दी भृंगीको संज्ञा

  • आइतवार, बैशाख १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१ वैशाख, काठमाडौं ।
नयाँ वर्ष २०७६ सालकाे पहिलाे दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई नन्दी भृंगीको संज्ञा दिएका छन् ।

‘खोलौं बैंक खाता अभियान’ शुभारम्भ कार्यक्रमकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार बिरूद्व अान्दाेलन गर्ने विपक्षी दलका नेताकाे अभिब्यक्तिकाे बिराेध गर्दै भने, १३ वटा विभिन्न आकार प्रकारका नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन् । म अरु केही भन्दिन, नगर्नुस् ।’

शुक्रबार ११ विद्यार्थी संगठनले गरेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्न आह्वान गरेका थिए ।

ओलीले त्यसतर्फ संकेत गर्दै कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने बताए । ‘जसले आन्दोलन भनेर फिरर सिट्टी फुक्छ, त्यसैकै पछि कुद्छन् नेपाली जनता ? यो सम्भव छ ?’ उनले भने, ‘नेपाली जनताले स्थिरता, विकास र शान्तिका लागि मतदान गरेका छन्, त्यसअनुसारको सरकार बनेको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ