राप्रपा अध्यक्ष थापाले भने- चाँडै तयार हुनोस्, निर्णायक समय आउँदैछ

राप्रपा अध्यक्ष थापाले भने- चाँडै तयार हुनोस्, निर्णायक समय आउँदैछ

  • आइतवार, बैशाख १, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, वैशाख १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त बेथिति, बिसङ्गति, कुशासन र भ्रष्टाचारको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएकाे बताएका छन् । नयाँ वर्षको अवसरमा आफ्नै निवासमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनता कुनै पनि वाद, विचार वा ब्यवस्थाभन्दा माथि हुनुपर्ने बताए ।

नेपाल मौलिक पहिचान र सास्कृतिक विविधताको दृष्टिकोणले सम्पन्न रहेका भन्दै उनले ईतिहास रक्षा गर्न नसकिए मुलुकको प्रगति पनि हुन नसक्नेतर्फ सचेत गराए ।

काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी सदस्यहरु, जनवर्गीय संगठनका नेताहरु, विभागीय प्रमुखहरु, काठमाडौं, ललितपुर,  भक्तपुर कार्यसमितिका नेताहरु उपस्थित कार्यक्रममा थापाले नयाँ वर्ष राप्रपाको निमित्त संगठन निर्माण र संघर्षको बर्ष भएको बताए ।

राप्रपाद्वारा जारी आन्दोलनका क्रममा घाईते कार्यकर्ताहरुलाई पनि चियापानको निमित्त थापा निवास बोलाईएको थियो । घाइतेहरुको स्वास्थबारे चासो राख्दै थापाले ठट्यौली पारामा भने, ‘चाँडै तयार हुनोस्, निर्णायक समय आउँदैछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ