सर्बसाधारणको घर खानतलासी गरेको भन्दै नेकपा ताप्लेजुङद्वारा आपत्ति, गिरफ्तार नेतालाई रिहा गर्न माग

सर्बसाधारणको घर खानतलासी गरेको भन्दै नेकपा ताप्लेजुङद्वारा आपत्ति, गिरफ्तार नेतालाई रिहा गर्न माग

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

३० चैत्र, ताप्लेजुङ ।
नेपाल कम्युनिस्ट पार्टीले प्रशासनले बिभिन्न बहानामा सर्बसाधारणको घर खानतलासी गरेको प्रति आपत्ति जनाएको छ । नेकपा ताप्लेजुङका जिल्ला इन्चार्ज सक्कलले शनिबार बिज्ञप्ति जारि गर्दै केहि दिनअघि जिल्लाको फक्ताङ्लुङ गाउँपालिका २ नम्बर वडा, खेजेनिममा प्रशासनद्वारा बिभिन्न बहानामा सर्बसाधारणको घर खानतलासी गरि त्रास फैलाउने काम गरेको प्रति आपत्ति जनाएका हुन् ।

यस्तै गिरफ्तार पार्टी जिल्ला सदस्य धनपति गुरागाइँ, निमा शेर्पा र युवा संगठन नेपाल जिल्ला अध्यक्ष बिदुर शेर्पा र सदस्य फुर्बा शेर्पालाई तत्काल बिनासर्त रिहा गर्न माग पनि गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय प्रचण्ड, ओली सरकारले बिनाकारण हाम्रो पार्टीका नेताकार्यकतालाई गिरफ्तार गर्ने, दुःख जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान संगठन केन्द्रीय सदस्य तथा मेचीब्यूरो संयोजक क.धनपति गुरागाइँलाई आफ्रनै घरबाट २०७५ साल चैत्र २६ गते साँझ र पार्टीका जिल्ला सदस्य, युवा संगठन नेपाल केन्द्रीय सदस्य तथा मेचीब्यूरो संयोजक क. निमा शेर्पा, युवा संगठन नेपाल जिल्ला अध्यक्ष बिदुर शेर्पा र जिल्ला सदस्य फुर्बा शेर्पालाई बिना कारण २०७५ साल चैत्र २९ गते राति हाङपाङबाट गिरफ्तार गरेको छ । बिना कारण गिरफ्तार गरिएका हाम्रा नेता तथा कार्यकर्तालाई बिनासर्त रिहाइ गर्न हाम्रो पार्टी माग गर्दछ । यदि, तत्काल रिहाइ नगरिए कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं ।’

जिल्ला इन्चार्ज सक्कलद्वारा शनिबार जारि गरिएको बिज्ञप्ति मार्फत केहि दिनअघि प्रशासनले सर्बसाधारणको घर बिना कारण खानतलासि गरेकोप्रति आपत्ति जनाउँदै, त्यस्तो कृयाकलाम तत्काल बन्द गर्न आग्रह गरिएको छ । बैशाख ५ गते नेकपाले आब्हान गरेको नेपाल बन्दलाई सहयोग गरिदिन आम नागरिकमा अपिल समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ