आगामी महाधिवेशनबाट कांग्रेसकाे नेतृत्व परिवर्तन हुने !

आगामी महाधिवेशनबाट कांग्रेसकाे नेतृत्व परिवर्तन हुने !

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

विराटनगर, चैत ३० ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आगामी महाधिवेशनबाट पार्टीकाे नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् । वर्तमान नेतृत्वले पार्टी एकलौटी ढंगले सन्चालन गरेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताए ।

नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको विधान, नीति र कार्यकर्ताको भावनाविपरीत सन्चालन भएकाे बताए । उनले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे ।

उनले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको पनि बताए । उनले वरिष्ठलाई पन्छाइ गरिएको निर्णय विधि र प्रक्रिया नमिलेकोप्रति कांग्रेसले विरोध गरेको बताए ।

उनले नेतृत्वले विधान उल्लंघन गरेका कारण नै नेविसंघलगायतका भ्रातृसंगठन र शुभेच्छुक संगठनको महाधिवेशन हुन नसकेको आरोप लगाए । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिइ कार्य गराउन सकेमात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ