राष्ट्र बैंकमा लागू भएन अनावश्यक भत्ता कटौति निर्देशिका, कर्मचारीलाई १९ थरिका भत्ता

राष्ट्र बैंकमा लागू भएन अनावश्यक भत्ता कटौति निर्देशिका, कर्मचारीलाई १९ थरिका भत्ता

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

३० चैत, काठमाडौं । सरकारले यस वर्ष स्थानीय भत्ता, लुगा भत्ता र महंगी भत्ता बाहेक अन्य सबै प्रकारका भत्ताहरु खारेज गरेको छ । सरकारी खर्चमा मितव्ययिता सम्वन्धी निर्देशिका जारी गरेरै सरकारले भत्ता खारेज गरेको हो ।

सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको अनावश्यक भत्ता कटौति भएपनि निर्देशिकाको प्राबधान राष्ट्र बैंकमा लागू नभएको देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले उक्त निर्देशिका सार्वजनिक संस्थानमा समेत लागु हुने उल्लेख रहेकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा सबै कर्मचारीलाई ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १९ किसिमका भत्ता उपलब्ध गराएको देखिएको छ ।

गत आर्थिक वर्षमा तलब बाहेक राष्ट्र बैंकले १ अर्ब ३२ करोड अन्य भत्ताहरुमा खर्च गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी