सरकारको प्रवृत्ति चिल देखाएर कुखुरा खाने स्यालको जस्तो छ- कांग्रेस नेता लेखक

सरकारको प्रवृत्ति चिल देखाएर कुखुरा खाने स्यालको जस्तो छ- कांग्रेस नेता लेखक

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

ओखलढुंगा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रमेश लेखकले अहिले विकास निर्माणका नाममा भ्रष्टाचार भइरहेका भन्दै कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिलाई त्यसबाट जोगिन आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनले शनिबार ओखलढुंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले देशैभरि डोजरको खेति चलिरहेको बताए ।
उनले वर्तमान सरकार अपराध र भ्रष्टाचारमा डुबेको भन्दै उनले सरकारलाई पाकेको फर्सीको शंज्ञा दिए । ओली सरकार पाकेको फर्सी भएकाले आफैँ झर्ने उनको भनाई थियो ।
अहिलेको सरकार चिल देखाएर कुखुरा खाने स्याल प्रवृत्तिको भएको नेता लेखकको आरोप छ ।
सरकार पानीजहाज र रेलको सपनामा जनतालाई भुलाएर विकास होइन भ्रष्टाचार गर्न तल्लीन रहेको लेखकको भनाइ छ। नेता लेखकले कार्यकर्ताहरुलाई एक घण्टा प्रशिक्षण दिदैँ काँग्रेसले चुनावमा हार व्यहोरेको समीक्षासमेत सुनाएका थिए ।
कांग्रेसले हार्दा राष्ट्रिय एजेण्डा हारेकाले अबको चुनावमा काँग्रेसको जीतको विकल्प नभएको पनि उनको ठोकुवा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ