कम्युनिस्ट सरकार भनेकोप्रति वैद्यको आपत्तिः भन्छन् –‘यिनीहरू दलाल, फासीवादी हुन्’

कम्युनिस्ट सरकार भनेकोप्रति वैद्यको आपत्तिः भन्छन् –‘यिनीहरू दलाल, फासीवादी हुन्’

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ३० चैत ।
प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारविरुद्ध आन्दोलनको नेतृत्व लिन नेताहरुले दबाब दिएका छन् ।
राजधानीमा शुक्रबार ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी दलका नेताले प्रमुख प्रतिपक्षी भएर पनि सरकारका गलत क्रियाकलापप्रति मौन रहन नहुने भन्दै देउवाले आन्दोलनको अगुवाइ गरे साथ दिन तयार रहेको बताए
सरकारबाहिर रहेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राजपा, नयाँ शक्ति पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रवादी केन्द्र नेपाललगायत दलहरूले सरकारका गैरसंवैधानिक क्रियाकलापविरुद्ध सशक्त भूमिका निर्वाह गर्न देउवालाई सुझाव दिदै आन्दोलनको अगुवाइ कांग्रेसले गर्नुपर्ने बताए ।
यसैक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मुलुकको अहिलेको स्थिति अत्यन्तै गम्भीर अवस्थामा पुगेको भन्दै आन्दोलनको आवश्यकतामा जोड दिए। सरकारले आफूलाई कम्युनिस्ट सरकार भनिरहेकोप्रति आपत्ति जनाउदै वैद्यले यिनीहरु कम्युनिस्ट नभएर दलाल भएको बताए । वैद्यले भने, ‘यिनीहरू आफूलाई कम्युनिस्ट भनिरहेका छन्। न यिनीहरू कम्युनिस्ट हुन न लोकतन्त्रवादी नै’, उनले भने, ‘यिनीहरू दलाल हुन्। फासीवादी हुन्।’
राष्ट्रवादी केन्द्र नेपालका नेता चन्द्रबहादुर थापा ‘सागर’ ले कांग्रेस सभापति देउवालाई संसद् र सडकमा सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका गोपाल किराँतीले लोकतन्त्रका उपलब्धि सरकारले खोस्न खोजिरहेको दाबी गर्दै अब आन्दोलनको विकल्प नभएको जिकिर गरे। राजपा अध्यक्षमण्डलका पूर्वसंयोजक राजेन्द्र महतोले उखान टुक्काले देश चल्न नसक्ने भन्दै अब छिट्टै सडक आन्दोलन गर्ने चेतावनी दिए ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि आन्दोलनका लागि तयार रहन आग्रह गरेका थिए। नेकपा मालेका महासचिव सीपी मैनालीले सरकाविरुद्ध आन्दोलनका लागि सबै प्रतिपक्षी दलको संयुक्त बैठक बोलाउन कांग्रेस सभापति देउवासँग आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ