३० चैत, काठमाडौं । नेकपाका नेता झलनाथ खनालले कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले आफुले अवसर पाउदा केही नगर्ने र अहिले बिरोध गर्नुको अर्थ नरहेको बताए । अवसर पाउँदा केही गर्न केही नगरेको कांग्रेसले अहिले गफ लगाउने थालेको टिप्पणी गर्दैै उनले काङ्ग्रेसका कारण युवाहरू बिदेशीनु परेको बताए ।
नेता खनालले कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको कुनै अर्थ नरहेको धारणा राखेे ।कांग्रेसले २०४६ साल यता पटकपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै उनले भने, ‘अहिले कांग्रेसका साथीहरुले हामी गर्छौ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन तर, के गर्नुभो ? सारा देशलाई गरिबीमा डुबाउनुभयो । सारा देशमा वेरोजगारीमा डुबाउनुभयो ।’
‘झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य छन् । यो बाध्यता खडा गर्यो कसले ? कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु ।’
देश विकास गर्ने कम्युनिस्ट पार्टी मात्र भएको भन्दै खनालले विरोधको कुनै अर्थ नरहेको बताए ।