पत्रकार महर्जनलाई रिहा गर्न माग गर्दै जनपत्रकार संगठनले दियो यस्तो चेतावनी

पत्रकार महर्जनलाई रिहा गर्न माग गर्दै जनपत्रकार संगठनले दियो यस्तो चेतावनी

  • बिहिबार, चैत्र २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चैत २८, काठमाडौँ ।
जनपत्रकार संगठन नेपालले संगठनका काठमाडौंका जिल्ला संयोजक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न अपिल गरेको छ ।

पत्रकारलाई बैचारिक आस्थाकै कारण गिरफ्तार गरीएको भन्दै उनलाई तत्काल रिहा नगरे संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पत्रकारले लेख्ने कलमसँग सरकार आतंकित भएको भन्दै पत्रकारहरुलाई मानसिक तनाब दिने र अनावश्यक दुख दिने काम तत्काल बन्द गर्न भनिएको छ ।

‘पत्रकारहरुले लेख्ने कलमसँग राज्य यति धेरै आतंकित बनेको छ कि पत्रकारको आस्था र विचारकै कारण अनावश्यक रुपमा धरपकड गर्ने तथा गिरफ्तारी गर्ने गरिराखेको छ । राज्यले पछिल्लो समय हाम्रो संगठनका केही साथीहरुलाई मिडियाको कार्यालयबाटै कार्यक्षेत्रमा खटिरहँदा गिरफ्तार गर्ने गरेको छ, सरकार र राज्यका अंगहरुलाई पत्रकारमाथी गरिएको यस्तोखाले दमन र हस्तक्षेप तत्काल रोक्न चेतावनी दिन चाहान्छौं, बिज्ञप्तिमा भनिएको छ ।

राज्यले चौथो अंगको रुपमा परिभाषित गरेको मिडिया र मिडियाकर्मीहरुको भूमिका अवश्यपनि राज्यलाई सुझावसहितको रचनात्मक आलोचना गर्ने भएकाले राज्यको पहुँचभन्दा टाढा रहेका जनताहरुलाई जनपक्षीय पत्रकारिताको माध्यमबाट राज्यसँगको सम्बन्ध विस्तार गरेर शान्तिपूर्ण माध्यमबाट राज्यस्तरका समस्याहरुलाई हल गर्न रचनात्मक भूमिका खेलेको कुरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै पक्राउ परेका पत्रकार महर्जनलाई तत्काल रिहा नगरे आगामी दिनमा संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ