नेकपामाथिको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय दबाब, अस्ट्रेलिया कम्युनिस्ट पार्टीले भन्याे- विप्लवमाथिकाे प्रतिबन्ध हटाउ

नेकपामाथिको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय दबाब, अस्ट्रेलिया कम्युनिस्ट पार्टीले भन्याे- विप्लवमाथिकाे प्रतिबन्ध हटाउ

  • बिहिबार, चैत्र २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं, २८ चैत । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउन माग गरेको छ ।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो ।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।
यस्तै बिज्ञप्तीमा भनिएको छ, हामी नेपाल कम्युनिस्ट पार्टीलाई कानूनी मान्यता दिइयोस् र उक्त पार्टीका थुना र जेलमा परेका सबै नेतारकार्यर्ताहरूलाई रिहा गरियोस् ।

नेपालमा सञ्चालित जनयुद्धले देशी विदेशी प्रतिक्रियावादी, नकारात्मक विदेशी हस्तक्षेप, भ्रष्टाचारबाट मुक्त गर्ने लक्ष्य लिएको थियो । साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र क्षेत्रीय विस्तारवादका विरुद्ध लडेको पार्टीका विरुद्ध कम्युनिस्ट पार्टीले कसरी दमन चलाएको छ ? उक्त बिज्ञप्तीमा अगाडि भनिएको छ, हामी नेपाल सरकारलाई नेपाल कम्युनिस्ट पार्टीसँग अर्थपूर्ण वार्ता गरेर नेपालको सार्वभौमिकता, स्वतन्त्रता र नेपाली जनताको जनवादी अधिकारलाई अझ सुदृढ गर्ने सामाजिक अभिलाषा पूरा होस् भन्ने अपेक्षा राख्दछौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ