पोखरा, २८ चैत ।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले पार्टिको आर्थिक गतिबधि पारदर्शी बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो रास्ट्रिय भेलामा सभागि हुन पोखरा पुग्नु भएका नेता सिंहले जनमानसमा समेत सकारात्मक प्रभाव पार्ने गरि काम गर्न सकेमात्र पार्टी प्रभावकारी हुने बताउनु भयो ।
सरकार यति बेला जनबादि केन्द्रियता लागू गर्न उदत रहेकाले सरकारका जनबिरोधि गतिविधि बिरुद्ध चनाखो भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले सरकारका हरेक गतिविधि मुलुकको हित बिपरित हुँदै गएको र भ्रस्ट्राचारमा लिप्त रहेकाले शसक्त रुपमा प्रतिवाद गर्नुपर्ने बताउनु भयो ।
सरकारका गतिबिधिले दलहरु बिचको बिश्वास को बाताबरण बिग्रदै गएको र दुई तिहाईको दम्बमा मनोमानि किसिमले चलिरहेको उहाँको भनाई छ।
पाटिको आन्तरिक जीवन पुनर्ताजगी बनाएर निर्णय प्रक्रियालाई विधि प्रक्रिया संवत् गरदै जान नसके बर्तमान चुनौतिको सामना गर्न नसकिने समेत बताउनु भयो ।
ईतिहासको कुरा मात्र नभै आम नागरिकमा यो पार्टिमा लाग्दा भबिस्य पनि राम्रो छ भन्ने बिस्वास दिलाउन सक्नु पर्नेमा जोड दिनु भयो । जनताले आशा र भरोसा गरेको पार्टीप्रति अहिले आकर्षण कम भए भन्दै यसबारे काग्रेंस गम्भिर बन्नुपर्ने बताउनु भयो ।

उहाँले जिल्ला कोषाध्यक्षहरुलाई आ आफ्नो जिल्लामा गम्भिर र सचेत भएर काम गर्न पनि निर्देशन दिनुभयो ।भेलामा सहभागी हुन आएका कोषाध्यक्षहरुले आज बिहान नेता सिंह सँग छलफल गरेका हुन् ।सम्मेलनको उद्घाटन भने सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।