नेपाल भाषाको पत्रिकाका प्रधान सम्पादक महर्जन गिरफ्तार, तत्काल रिहा गर्न जनपत्रकार संगठनकाे माग

नेपाल भाषाको पत्रिकाका प्रधान सम्पादक महर्जन गिरफ्तार, तत्काल रिहा गर्न जनपत्रकार संगठनकाे माग

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 28K
    SHARES

काठमाडौं, २ ७ चैत । पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल भाषाको पत्रिका ‘निहिगु जोज्वोलपा’का प्रधान सम्पादक जितेन्द्र महर्जनलाई समाचार संकलनका लागि हिडिरहेकाे समयमा पक्राउ गरेको जनाइएकाे छ ।

महर्जन जनपत्रकार संगठन,नेपालका काठमाण्डाैंका संयाेजक समेत हुन् । पत्रकार महर्जनकाे गिरफ्तारीप्रति जनपत्रकार संगठन, नेपालले आपत्ति जनाएको छ ।

संगठनले महर्जनलाई अपहरण शैलीमा गिरफ्तार गरिएकाे र फरक बिचार आस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनिरहेकाे सरकारकाे याे शैली खेदजन्य र आपत्तिजनक भएकाे भन्दै संगठनका महासचिव हिम विष्टले बिराेध जनाएका छन्  । उनले जिल्ला संयाेजक महर्जनलाई विना सर्त रिहाई गर्न पनि माग गरेको छ ।

पत्रकार महर्जनलाइ गत कार्तिक २८ गते मंगलवार साझ पनि किर्तिपुरस्थित घरबाटै प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ