२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउनपनि कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताए ।
विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन पनि उनको आग्रह थियो।विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।