सगरमाथाको उचाई नाप्न हिड्याे सरकारी टाेली, बिदाई गर्दै प्रधानमन्त्रीले भने-यो सरकारको ऐतिहासिक कार्य

सगरमाथाको उचाई नाप्न हिड्याे सरकारी टाेली, बिदाई गर्दै प्रधानमन्त्रीले भने-यो सरकारको ऐतिहासिक कार्य

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, चैत २७ ।सगरमाथा नाप्न सरकारी टाेली त्यस तर्फ प्रस्थान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको टोलीलाई आज बिदाइ गरेका छन् ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् ।

टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए ।

सगरमाथा चीन र भारतको चेपुवामा परेकाले भूकम्पपछि त्यसको उचाई घटेको भन्ने हल्ला निराधार भएको पनि ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिदै सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको बताए ।

सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ