पत्रकार सापकोटा ३ नम्बर प्रदेशको सञ्चार रजिष्ट्रारमा नियुक्त

पत्रकार सापकोटा ३ नम्बर प्रदेशको सञ्चार रजिष्ट्रारमा नियुक्त

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

२७ चैत, काठमाडौं ।पत्रकार रेवती सापकोटा ३ नम्बर प्रदेशको सञ्चार रजिष्ट्रारमा नियुक्त भएका छन्  । मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो ।

बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका सापकोटा अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत छन् ।

संघीय सरकारको सूचना तथा प्रसारण बिभागले गर्ने काम अब प्रदेशमा सञ्चार रजिष्टारले गर्नेछन् । सन्चार रजिष्टारले एफएम रडियो, टेलिभिजन र पत्रपत्रिका सन्चालनको अनुमतिपत्र प्रदान गर्ने, नवीकरण र नियमन गर्ने तथा पत्रपत्रिका, अनलाइन सन्चारमाध्यम लगायत सबै सन्चारमाध्यमको अभिलेख राख्ने, सुबिधा कति कुन सञ्चारमाध्यमलाई दिने  भन्नेबारे  प्रदेश सरकारलाई सिफारिस गर्ने लगायत काम गर्नेेेछ।

प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको प्रस्तावमा सपाकोटा सो पदमा नियुक्त भएका हुन् । सञ्चार रजिष्टारको कार्यालय प्रदेश राजधानीमै हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ