नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै, सरकारी टोलीलाई प्रधानमन्त्रीले बिदाइ गर्दै

नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै, सरकारी टोलीलाई प्रधानमन्त्रीले बिदाइ गर्दै

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, २७ चैत । नेपाल सरकारले आफै पहिलो पटक सगरमाथाको उचाई नाप्ने भएको छ । त्यसका लागि चार सदस्यीय टोली समेत तयार गरिएको छ ।सगरमाथा उचाइ मापनपछि अन्तिम रिपोर्ट सन् २०१९ डिस्म्बरसम्ममा ल्याउने तयारी रहेको छ ।
सगरमाथाको उचाइ नाप्न सरकारी टोली आज सगरमाथा जाँदै छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बिदाइ गर्ने कार्यक्रम रहेको छ। सगरमाथाको उचाइ मापनको लागि गठित टोलीमा रहेका नापी विभागका प्रमुख नापी अधिकृत खिमराज गौतम, सुरज भण्डारी, युवराज धिताल र रविन कार्की प्रधानमन्त्रीको बिदाइपछि आजै प्रस्थान गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज जोशीले बताए ।
यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो।
दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले पहिलो पटक आफैँ उचाइ नाप्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ