५० लाख माग्दै सांसद राजेन्द्र लिङदेनलाई मार्ने धम्की

५० लाख माग्दै सांसद राजेन्द्र लिङदेनलाई मार्ने धम्की

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, चैत २७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत चार प्रश्न गरे ।

उनले लेखेका थिए– के कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के मलाई गोली हान्न ५० लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मितिभन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला ?

झापा–३ बाट निर्वाचित सांसद लिङदेनको यस्तो ट्वीट त्यतिबेला आएको थियो, जतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले झापाका तिलकदास पराजुलीलाई पक्राउ गरेको थियो ।

एनसेल र नेपाल टेलिकमका दुई फरक नम्बरबाट ५० लाख नदिए ज्यान लिने धम्की सांसद लिङदेनलाई आएको थियो । लिङदेनकै सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको हो ।
–कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ