पूर्वको कोशी ब्युरोबाट गिरफ्तार चारै नेतालाई १० दिनको म्याद थप

पूर्वको कोशी ब्युरोबाट गिरफ्तार चारै नेतालाई १० दिनको म्याद थप

  • मङ्लबार, चैत्र २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 35.1K
    SHARES

इटहरी, २६ चैत ।
नेपाल कम्युनिस्ट पार्टीका चार जना नेतालाई १० दिनको म्याद थपेको छ ।
मोरङका बिभिन्न स्थानबाट फरक फरक मितिमा गिरफ्तार नेताहरु घनश्याम श्रेष्ठ ‘पुस्कर’, कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’, देवकुमार लिम्बु ‘संगीत’, आकाश गौतम ‘माधव’लाई मंगलबार जिल्ला अदालत ईनरुवाले १० दिनको म्याद थपेको हो ।
चारै जना नेतालाई हातहतियार खरखजना तथा संगठित अपराध ऐन अन्र्तगत मुद्दा चलाईएको छ ।
पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्यूरो सदस्य संगीतलाई फागुन १५ गते सुनसरीको धरानस्थित पानमाराबाट गिरफ्तार गरेको थियो ।
यस्तै पार्टी ब्यूरो संयोजक पुष्कर र सदस्य माधवलाई चैत १० गते मोरङबाट गिरफ्तार गरेको थियो ।यस्तै मोरङ जिल्ला ईन्चार्ज प्रज्वललाई मोरङकै सुन्दरहरैचास्थित चिउरिमिलबाट चैत १३ गते गिरफ्तार गरिएको थियो ।
उनीहरुमध्ये संगितलाई ईलाका प्रहरी कार्यलय धरानमा, माधव र पुस्करलाई ईलाका प्रहरी कार्यलय ईटहरी र प्रज्वललाई ईलाका प्रहरी कार्यलय लौकहिमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ