प्रहरीद्वारा राप्रपाकाे र्यालीमा भएकाे प्रहरी हस्तक्षेपकाे बिराेध

प्रहरीद्वारा राप्रपाकाे र्यालीमा भएकाे प्रहरी हस्तक्षेपकाे बिराेध

  • मङ्लबार, चैत्र २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, चैत २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले गरेकेा हस्तक्षेपप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

र्‍यालीका सहभागीलाईमात्र नभएर सडकमा आवत–जावत गर्ने सर्वसाधारणलाईसमेत प्रहरीले लाठीचार्ज गरेको भन्दै त्यसप्रति कांग्रेसले आपत्ति प्रकट गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार जारी विज्ञप्तिमार्फत् स्वतन्त्र र शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक, अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै भर्त्सना गरेका छन् ।

‘कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ । तर, कसैको स्वतन्त्रतामाथि अंकुश लगाउने कार्यप्रति कांग्रेस सदैव विरोध गर्दछ । प्रदर्शनकोक्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ