काठमाडौं,२६ चैत ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीमा लगानी गर्न आग्रह गरेका छन्।
ऊर्जा मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री पुनले बैशाख ६ गतेबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने यी दुई कम्पनीमा सबै मन्त्रीले कम्तिमा एक सय कित्ता (१० हजार रुपैयाँ) वा सो भन्दा बढीको शेयर खरिद गर्न आग्रह गरे ।
आयोजनामा आफुले एक हजार कित्ताको लागि आवेदन दिने पनि उनले घोषणा गरे । दुबै कम्पनीले एक करोड ५७ लाख ३८ हजार १५० कित्ता अर्थात एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँको आईपीओ एकैपटक निष्कासन गर्ने भएका छन्। दुबै जलविद्युत् आयोजनाले यही बैशाख ६ गतेबाट आईपीओ निष्कासन हुनेछ।
सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ। यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ।
यस्तै रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम ५० देखि अधिकतम पाँच हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ।