मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लाग्दा केन्द्रदेखि जिल्लासम्मै पार्टी कमजोर:कोइराला

मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लाग्दा केन्द्रदेखि जिल्लासम्मै पार्टी कमजोर:कोइराला

  • मङ्लबार, चैत्र २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

२६ चैत, उदयपुर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लाग्दा केन्द्रदेखि जिल्लासम्मै पार्टी कमजोर बन्न पुगेको बताएका छन् ।उनले चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको भन्दैै चिन्ता व्यक्त गरे ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा बोल्दै उनले गुटबन्दीको अन्त्य जरुरी रहेको बताए ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो बिर्सनु नै पार्टी दुर्गतिको जड भएको नेता कोइरालाको ठहर छ ।

अहिलेकै अवस्था विद्यमान रहे आगामी दिनमा कांग्रेस र देश दुवैको भविष्य संकटमा पर्ने ठोकुवा नेता कोइरालाले रहे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ