नेकपाद्वारा प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, बैशाख ५ गते नेपाल बन्द

नेकपाद्वारा प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, बैशाख ५ गते नेपाल बन्द

  • सोमवार, चैत्र २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौं, २५ चैत । नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।  नेकपा महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फासीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

नेपाल कम्युनिस्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाइराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् ।

विप्लवले काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरफ्तार गरेको बताएका छन् । त्यस्तै बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य सुदर्शन सहित ९ जनासहित फागुन २८ गतेपछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरफ्तारी गरि गरिसकेको घरमा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम चलाएको भन्दै आपत्ति जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ