काठमाडाैं, २५ चैत ।
राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
हिन्दुराष्ट्रको माग राख्दै उठेको राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा एक सय भन्दा धेरै नेताहरु घाइते भएका छन् ।
यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पुतलिसडकमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीको लाठी चार्जबाट सयभन्दा बढी कार्यकर्ता घाइते भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline