कानुनी शासनको संरक्षण र प्रवर्द्धन महराको गर्नुपर्नेमा जोड

कानुनी शासनको संरक्षण र प्रवर्द्धन महराको गर्नुपर्नेमा जोड

  • सोमवार, चैत्र २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

२५ चैत, काठमाडौ । सभामुख कृष्णबहादुर महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, समानता र कानुनी शासनको संरक्षण र प्रवर्द्धन गर्दै आएको उल्लेख गर्नुुुभएकाे छ।
कतारको दोहामा जारी अन्तर-व्यवस्थापिका संघ (आइपीयू) को १४० औं सभालाई सोमबार सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । आइपियूको सभामा सभामुख महराले ‘संसद शान्तिका लागि शिक्षा, सुरक्षा र कानुनी शासन सुदृढ गर्ने मञ्च ‘ विषयमा केन्दि्रत रहेर सम्बोधन गरे । महराले शान्ति स्थापना र प्रजातान्त्रिक परिवर्तनमा आइपीयूले खेलेको भूमिकाको प्रशंसा गर्दै राजनीतिक नेतृत्व र विधायकहरुले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिनुपर्ने बताए ।

चैत २३ गतेदेखि शुरु भएको आइपीयूको १४० औं सभामा एक १६७ देशका १ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।

दोहास्थित सेराटन होटलमा जारी सभामा विभिन्न अलग-अलग शेसनमा सभामुख, अध्यक्ष तथा सांसदहरुले विविध विषयमा छलफल गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ