सत्तारुढ दल नेकपाको एकता विवाद चर्कदै, शिर्ष नेतालाई एक्ला एक्लै भेटेर मिलाउने अध्यक्षद्धयको नयाँ रणनीति

सत्तारुढ दल नेकपाको एकता विवाद चर्कदै, शिर्ष नेतालाई एक्ला एक्लै भेटेर मिलाउने अध्यक्षद्धयको नयाँ रणनीति

  • सोमवार, चैत्र २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौ, २५ चैत ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद झन चर्कदै गएको छ । पार्टी एकताको ११ महिनासम्म पनि एकताले पूर्णता नपाउँदा विवाद हल हुनुको साटो बढ्दै गएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।
नेताहरूलाई छुटुटाछुटै भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने ।णनीति स्वरुप अध्यक्षद्धयले वरिष्ठ नेताहरू माधवकुमार नेपाल र ईश्वर पोखरेललाई अध्यक्षद्धयले आज छलफलका लागी बोलाएका छन् ।
पोखरेलले छलफलका लागि अध्यक्षद्वयले आफूलाई सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएपनि किन हो भन्नेबारे केहि नबताएको जनाए । यस्तै वरिष्ठ नेता माधव नेपाललाई समेत आजै सोमबार बोलाएका छन् । तर केहिदिनदेखि अस्वस्थ नेता नेपालले स्वास्थ्यमा सुधार आए आउने जवाफ दिएको जनाईएको छ । पछिल्लो समय नेता नेपालले सचिवालयबाट विधि, प्रक्रिया र मापदण्ड नबनाई जिल्ला नेतृत्वको नाम पारित गर्न खोजिए प्रतिवाद गर्ने भन्दै बेग्लै समानान्तर सूची नै बनाएका छन् ।
जिल्ला नेतृत्वको सूची टुंग्याउने विषयमा परामर्श नहुँदा पछिल्लो समय ओली–नेपालबीच औपचारिक संवाद समेत हुन नसकेको बताईन्छ ।
उता अर्का वरिष्ठ नेता झलनाथ खनाल भारत भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ