सडक खन्ने क्रममा खसेको पहिरोले चालकसहित जेसीबी पुरियाे

सडक खन्ने क्रममा खसेको पहिरोले चालकसहित जेसीबी पुरियाे

  • आइतवार, चैत्र २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

ताप्लेजुङ, २४ चैत । 

सडक खन्ने क्रममा खसेको पहिरोले चालकसहित जेसीबी मेसिनलाई पुरेकेा छ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-५ पेदाङमा सडक खन्ने क्रममा सिन्धुली  २४ वर्षीय वीरबहादुर तामाङ मेसिनसँगै पुरिएका हुन्।

तामाङ जोरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने सडक खनिररहेका  थिए ।गाउँपालिका अध्यक्ष टिकाराम गुरुङका अनुसार आइतबार बिहान १०:३० बजे पेदाङको मुक्तुरा भिर काट्ने क्रममा पहरा फुटेर चालकसहित जेसीबी पुरिएको हो।

मेसिन पूर्ण रुपमा पुरिएकाले चालकको अवस्था यस्तै छ भन्ने अवस्था नरहेको अध्यक्ष गुरुङको भनाइ छ। मेसिनसँगै पुरिएका चालकको उद्धारका लागि अर्को जेसीबी झिकाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले जानकारी दिए।

सिन्धुली घर भएका चालक तामाङ दुई दिनअघि मात्रै सिरिजंघामा पुगेका थिए।  तस्बिरःफाइल फाेटाे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ